दाङमा वन मौरीले टोक्दा एक जनाको मृत्यु

दाङ/दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी ३५ वर्षिय खीमबहादुर कुमालको वन मौरीले टोकेर मृत्यु भएको छ ।

शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को महको लागि चाका काट्न गएका थिए । सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।