दुई किलो गाँजासहित दुई जना पक्राउ

बारा/प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुर तामागढी सडक खण्डबाट दुई जनालाई अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका–१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बाले बोकेको झोला खानतलासी गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।