अध्यक्ष प्रचण्ड जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

काठमाडौं/नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन् ।