मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाण्डौ/अहिले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।

आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ ।