थपिए ५७७ जना कोरोनाका नयाँ संक्रमित

काठमाण्डौं/देशभर थप ५ सय ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।