तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चिनको चेतावनी !

काठमाडौं/चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताएका हुन् ।
निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको हो ।
यसैबीच इन्डोनेसियामा जी ट्वान्टी देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी विच भेटवार्ता भएको छ । भेटमा भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको सीमा सम्बन्धी विवादमा सहमति खोज्न आग्रह गरेका छन् । वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको चीनले पनि जनाएको छ । -एजेन्सी