थप ९० जनामा कोरोनाको संक्रमण

काठमाण्डौं/नेपालमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।