पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण

काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६२ जनाको पीसीआर परिक्षण ११ जनामा र १२९१ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।