क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज

एजेन्सी/अमेरिकी न्यायाधीशले आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्। घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ​ ।