इटालीमा हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु

एजेन्सी/हेलिकोप्टर दुर्घटना परेर इटालीमा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।