तनहुँ र स्याङजासहित देशको पूर्वी क्षेत्रमा बाढीको सम्भावना

काठमाण्डौ/देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले रोकिएपनि दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो।
अनुसार लगातारजसो पानी परेकाले आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ ।