तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, खोजीका लागि मौसम बाधक

पोखरा/आज  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको तारा एयरको विमान मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ ।
टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए ।

बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ।

विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।