सोमबारसम्म वर्षाको सम्भावना

काठमाण्डौ/नेपालका विभिन्न भूभागमा सोमबारसम्म वर्षा हुने सम्भावना भएकोले सचेत रहन जल तथा मौसम पूर्वानुमान शाखाले आग्रह गरेको छ । मौसमविद् बिनु महर्जनका अनुसार बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै २ दिनसम्म जारी रहनेछ।
आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन् ।

मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ ।’