आजको मौसमः केहि स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।