सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाण्डौ/आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । आज (मङ्गलबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ ।