जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

जनकपुरधाम/धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मतसहित निर्वाचित भएका छन् ।
सोमबार साँझ सकिएको मत गणना अनुसार नेकपा एमालेका उम्मेदवार शिवशंकर साहलाइ पराजित गर्दै निर्वाचित भएका हुन् । उनले नौ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए ।

मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।