इच्छाकामनामा-५ मा एमालेको प्यानल विजयी

कुरिन्टार/चितवनको इच्छाकामना गाँउपालिका ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमाले उम्मेदवार तेजबहादुर शेरचनले ७ सय ५२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाले ३ सय ८४ मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका मोदराज सिलवालले २ सय १३ मत प्राप्त गर्नुभयो ।
इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ र उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका प्रताप गुरुङले अग्रता लिइरहनुभएको छ ।