इलाममा मतगणनाको विषयमा विवाद, दुई राउन्ड हवाई फायर

इलाम/इलामको देउमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।