मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले पनि भोट हाल्न पाउने

काठमाण्डौ/मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।

यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेको छ ।