चितवनमा होली उत्सव, शिव परियार लगायतको प्रस्तुति रहने

 

फागु पूर्णिमाको अवसरमा भरतपुरमा ‘होली उत्सव २०७८’ हुने भएको छ । चैत ४ गते शुक्रबार भरतपुर महानगरपालिका ९ शरदपुरस्थित फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युमा होली उत्सव हुने भएको हो ।

आज (मंगलबार) पार्टी भेन्युमा आयोजित पत्रकार सम्मेलनमार्फत होली उत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने जानकारी दिईएको छ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारको बिशेष प्रस्तुती रहने छ।

परियारसँगै गायक भुवन प्यासी, ट्र्याङ्गल ब्याण्ड, डिजे निक्ज, डिजे बि(मर्शलगायतको पनि प्रस्तुति रहने भेन्युका अध्यक्ष नविन पुरीले जानकारी दिनुभयो । कार्यक्रम पार्टी भेन्यु परिसरमा नै बिहान ११ बजेबाट साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा प्रवेशका लागि ३ सय रुपैयाँको टिकट शुल्कको व्यवस्था गरिएको छ।

कार्यक्रमको टाइटल स्पोन्सरमा टुबोर्ग रहेको छ भने मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेशन रहेको छ । यस्तै सह प्रायोजकमा ओज्सवी ईलेक्ट्रोनिक्स तथा सहयोगी संस्थाहरुमा संगम चिकेन हाउस, थ्रीडिज मार्टस, एन्डिज आइसक्रिम र प्रभु इन्सोरेन्स रहेका छन् । इभेन्ट म्यानेज सुलभ श्रेष्ठले गर्नुहुनेछ । कार्यक्रमको एम. सि. सञ्चारकर्मी दिनेश श्रेष्ठ रहनुभएको छ ।

लामो समयपछि चितवन लगायत देशभरका सबै ठाउँमा कोरोना संक्रमण कम भएसँगै फोर सिजनले विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको जनाइएको छ