महानगरमा सडक अतिक्रमण बढदै !

मापदण्डलाई मिच्नेहरुलाई किन हुँदैन कार्बाही ?

चितवन/चितवनको भरतपुर महानगर देशकै सुन्दर नगरमा गनिन्छ । गत स्थानीय निर्वाचनपछी महानगरको नेतृत्वमा रणु दाहाल प्रमुख र पार्बती शाह उपप्रमुखमा आएसँगै महानगरका अधिकांश धुले सडकहरु चिल्ला भए ।
गाँउ गाँउमा बिकासको रुपमा सडक सञ्जाल बिकास र बिस्तार गरियो । बिकासका अन्य पुर्बाधारहरु पनि ब्यापक मात्रमा बिस्तार गरिए । भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानमा प्रमुख दाहालको नेतृत्वमा बिबिध कार्यक्रमहरु सञ्चालनमा आईरहेका छन्, यो सकारात्मक पाटो हो ।
यहिनेर नारायणगढ भरतपुरका भिडभाड हुने ब्यस्त बजार क्षेत्रमा भने भाडा खाने उध्येश्यले केही ब्यक्तिहरुले महानगरको सडक मिच्दै मापदण्ड बिपरित भवनहरु बनाईरहेपनि महानगरका कर्मचारीहरु बेखबर जस्तै बनि बसिरहेका छन् ।
भरतपुर १ मिलनरोडमा बिगबजार छिर्ने कर्नरमा मापदण्डलाई छल्न फलामको दुईतले भवन बनिरहेपनि जनप्रतिनिधी तथा महानगरका कर्मचारीहरु तै चुप मै चुप भई मुकर्दशक बसिरहेका छन् ।
श्रोतका अनुसार अरुकै जग्गा भाडामा लिई बजारकै केही भाडावाल ब्यापारीहरुले सडक छेउमै दुईतले भवन बनाईरहेपनि एक नम्बर वडाका वडाअध्यक्ष तथा महानगरका कर्मचारीहरु मुकर्दशक बनि बसिरहेका हुन् । निमुखाहरुलाई सडकमा ठेलागाडा गुडाउदा पनि नगर प्रहरी लगाई कार्बाही गर्ने महानगरले महलवालाहरुलाई किन देख्न सक्दैन् ? आम रुपमा प्रश्न उठेको छ ।
मिलनरोडको त्यो भवन त् एउटा प्रतिनिधी घटना मात्र हो अहिले नारायणगढ भरतपुरका ब्यस्त बजार क्षेत्रमा यसरी नै सडक अतिक्रण गरी भवन बनाउने प्रबृती बढदो छ जसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने योजना कागजमा मात्र सिमीत हुन सक्छ ।
यसैबिच, महानगर नक्शा शाखाका प्रमुख ईन्जिनियर सूर्यप्रकाश लामासँग सम्पर्क गर्दा उनले तुरुन्त नगरप्रहरी पठाएर नियन्त्रण गर्ने बताएको ७२ घण्टा कटिसकेपनि यस्ता अबैध निर्माण कार्यहरु जारी रहेको स्थानियहरुले बताएका छन् ।
भोटबैंक भत्कीने डरले जनप्रतिनिधी नबोल्ने अनि अरु केही कारणले कर्मचारीले काम नगर्ने हो भने महानगरमा सडक साँघुरा भई आगामी दिनमा पार्किङ्ग र ट्राफिक समस्या बढदै जानेछ । यस बिषयमा सरोकारवालाहरुको बेलैमा ध्यान र बुद्धि पुगे भोलीका पूस्तालाई ट्राफिक समस्या हुने थिएन की ? आजको भण्डाफोर अभियान साप्ताहिकबाट