कैलालीमा पुलबाट खसेर एक जनाको मृत्यु

कैलाली/पुलबाट खसेर कैलालीमा एक जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत तराइ र पहाड जोड्ने गोदावरी नदीमाथि बनेको काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी मृत्यु भएको हो।
जीर्ण काठे पुलबाट खसेर बेलुकी करिब पौने ६ बजे भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक जोशीका अनुसार पुलमा फोटो खिच्नेक्रममा खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। भाट फोटो खिच्नेक्रममा लडेको प्रत्यक्षदर्सिले देखेपछि प्रहरीलाई खबर गरेका थिए। काठे पुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। पछिल्लोसमय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ।