सामान्य अवस्थामा अस्पताल नआउन भरतपुर अस्पतालको आग्रह

चितवन/कोरोना भाइरसको संक्रमण बढिरहेकोले सामान्य र पछि चेक गराउँदा पनि हुने प्रकृतिका बिरामीहरुलाई अस्पताल नआउन चितवनको भरतपुर अस्पतालले आग्रह गरेका छ ।

आज शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले यस्तो आग्रह गरेको हुो।

अस्पतालमा पुस २९ गते १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा अर्थात ५५ प्रतिशत संक्रमण देखिएको थियो । पुस ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा कोभिड पुष्टि भएको बताउँदै प्राडा पौडेलले यो संक्रमणको उच्च प्रकोप भएको जनाएका छन् ।
जनस्वास्थयका मापदण्ड अनिवार्य पालना गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि अस्पतालको अनुरोध गरेको छ ।