माघ १८ देखि ६८ स्थानीय तहका जग्गाबिहीनलाई लालपूर्जा वितरण गर्ने तयारी

काठमाण्डौं/माघ १८ गतेदेखि देशभरका ६८ स्थानीय तहका जग्गाबिहीनलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपूर्जा वितरण गर्ने भएको छ ।

अव्यवस्थित रुपमा बसोबास गर्ने, सुकुम्बासी तथा जग्गा नभएकाहरूलाई आयोगले माघ १८ गतेदेखि ६८ स्थानीय तहमा लालपूर्जा वितरण गर्ने तयारी गरेको हो ।

देशभरका २७ जिल्लाका गरि ६८ स्थानीय तहसँग भएको सम्झौताका आधारमा लालपूर्जा वितरण गरिने आयोगका अध्यक्ष केशव निरौलाले बताउनुभयो । उहाँले बाँकी रहेका स्थानीय तहमा पनि छिटै आयोगले लालपूर्जा वितरणको काम सुरु गर्ने बताउनुभयो ।