वाग्मतीसहित पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ/जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।