पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं/पछिल्लो केहि दिनयता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।