म्याग्दीमा हिमपहिरोमा परेर एक बेपत्ता, तीन अलपत्र

पोखरा/म्याग्दीको गुर्जामा भारी हिमपातपछि झरेको हिमपहिरोमा परेर एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–१ भेडीगोठमा बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल पहिरोमा परी बेपत्ता भएका हुन ।

त्यस्तै जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दिएको जानकारी अनुसार हाल बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाइएको छ ।