सन्तान जन्माउँदा ३७ लाख रुपैयाँ बेबी लोन

एजेन्सी/चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ।

चीनको उत्तरपुर्वी प्रान्त जिलिन प्रान्तको सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन स्वरुप उपलब्ध गराउने भएको हो।

चीनमा जनसंख्या बढेसंगै सरकारले जनसंख्या घटाउन विभिन्न रणनीतिहरु बनाएको थियो। जनसंख्या घटाउने रणनीतिका कारण चीनको जनसंख्या ह्वात्तै घटेपछि अहिले जिलिन प्रान्त सरकारले जनसंख्या बढाउने यस्तो नयाँ रणनीति अघि सारेको हो ।

यो रणनीतिअनुसार सन्तान जन्माउने दम्पतीलाई दुई लाख युआन अर्थात ३१ हजार चार सय अमेरिकी डलर बेबी लोन दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ। यद्यपि, यो रणनीति कहिलेदेखि लागू हुने भन्नेबारे भने जानकारी नदिइएको ब्लूमबर्गले जनाएको छ ।