चितवनको हंस सहकारीले गर्यो झापाको एनएमसीको भ्रमण

  1. चितवन/चितवनको नारायणघाटमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यिय सहकारी संस्थाले झापाको नेपाल बहुउद्देश्यिय सहकारी संस्था (एनएमसी) को व्यवसायीक अध्ययन अवलोकन भ्रमण गरेको छ । सस्थाका अध्यक्ष दिनेश कुमार चुकेको नेत्तृवमा सहकारीमा आवद्ध सेयर सदस्य, व्यवसायी र कर्मचारी सम्मिलित टोलीले एनएमसीको भ्रमण गरेको हो । भ्रमण टोलीमा संस्थाका उपाध्यक्ष बावुराम अधिकारी, सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरिवेक्षण समिति संयोजक गोविन्द प्रसाद पौडेलसहित अधिकांश पदाधिकारी, सदस्य र केही कर्मचारी लगाएतको उपस्थित रहेको थियो।

भ्रमण टोलीलाई एनएमसीका सुचना अधिकारी तेज कुमारी घिमिरेले सो संस्थाको वारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । सो क्रममा नेपाल बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी मार्फत समाजलाई समुन्नत बनाउन केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार आत्म विश्लेषण, आत्मलोचना, कर्मचारी सन्तुष्टीमा एनएमसीले ध्यान दिने गरेको छ । योजना र कार्यान्वयनको अवस्था विश्लेषण, संस्थागत सुशासनको संवद्धन एनएमसी सफलताको मुख्य विषय रहेको उहाँको भनाई छ ।

सो क्रममा एनएमसीले संचालन गरेका वचत तथा ऋण, डेरी उद्योग र प्रवद्धन, एकीकृत नमुना कृषि फार्म, सहकारी पसल, चिया व्यवसायको स्थलगत अवलोकन गरिएको थियो । साथै कृषि फार्ममा रहेको कष्टम हायरिङ्ग सिस्टम, गाई फार्म, बेल साइलेज उद्योग, चक्ला बन्दी खेती, सामुहिक खेती र गह्रासुधार कार्यक्रम, माछा पालन, फलफुल तरकारी बेर्ना बैंक लगाएतको अध्ययन र अवलोकन भएको थियो ।