विदेशबाट ल्याएको सुन कटाइदिएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरी जवान पक्राउ

काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ ।
थप अनुसन्धान भइरहेको छ ।