नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु

चितवन/नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।  महाधिवेसन आज र भोली दुई दिन सम्म चल्नेछ।