चितुवाको छाला सहित ३ जना पक्राउ

चितवन/चितुवाको छाला सहित प्रहरीले ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
मंगलबार चितुवको छाला बेच्न एयरपोर्ट सेकुवा कर्नरमा गएको समयमा उनीहरुको साथबाट एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको हो ।
काठमाडौं महानगरपालिका–९ बाट नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतानलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।