दोलखाको तामाकोशीमा ५ दिने नाबालकसहित दम्पत्ती मृत फेला

दोलखा/दोलखाको तामाकोशी गाउँपालिका–२, झुलेमा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।

बुधबार बिहान एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।
उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन । मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ ।