देशभर थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।