कांग्रेस १४ औँ महाधिवेशनः चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिहरु

चितवन/नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, इश्वरीराज लौडारी र प्रकाश अधिकारी निर्वाचित भएका छन् । खुल्लातर्फ १० जनाका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै महिलातर्फ सर्वाधिक ४८२ मतका साथ महिला अधिकारकर्मी मीना खरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । दोस्रो स्थानमा विनुरायमाझी पौडेल, तेस्रोमा गीताकुमारी गुरुङर चौथोमा निरु कार्की मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।