बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली

काठमाडौं/आज बिहीवार प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली, भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
त्यस्तै, राती प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिक देखि सामान्य बदली बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडो बढ्ने क्रम जारी छ । चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।