पाँचथरमा बस दुर्घटनाः ६४ जना घाइते

पाँचथर/पाँचथरको फिदिम–यासोक सडक खण्डमा बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन्।

सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्‍वकर्माले जानकारी दिनुभयो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।