संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौं/संरक्षित वन्यजन्तु गैंडाको खागसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामे र सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।