भिम ब. काे न्यायकाे लागि बृहत् माेटरसाईकल र्‍याली

 

– सराेज उपरकाेटी

 

 

कार्तिक ७, चितवन । भिम बहादुर वि ककाे न्यायकाे लागि चितवनमा आज आईतबार माेटरसाईकल र्‍याली भएकाे छ । भिम ब.विश्वकर्मा संयुक्त न्यायिक संघर्ष समिति, चितवनकाे आयाेजनामा उक्त र्‍याली भएकाे हाे ।

 

पिडितले कुनै पुर्वाग्राही विनै न्याय पाउनु पर्ने र दाेषीलाई कडा कारवाहीकाे माग गर्दै उक्त र्‍याली आयाेजना गरेकाे समिति संयाेजक मीन बहादुर परियारले बताए । मध्यान्न १२ बजे केन्द्रिय बसपार्क भरतपुरबाट सुरू भएकाे मोटरसाइकल र्‍याली जिल्ला प्रसाशन कार्यालय, मालपाेत चाेक, जिल्ला प्रहरी कार्यालय, चाैबिसकाेठी, धर्मचाेक, विशालचाेक हुँदै दुर्गा चाेक(घटना भएकाे स्थल) पुगी काेण सभामा परिणत भएकाे थियाे । साे काेण सभालाई सम्बाेधन गर्दै संघर्ष परामर्श समितिका सदस्य बाबुराम प्यासीले हत्यारालाई कानुन अनुसार कारवाहि हुनु पर्ने र त्यसाे नभई विषय ताेडमाेड गरी घटनालाई अ‍ोझेलमा पार्ने प्रयास भए राज्यले ठूलाे मूल्य चुकाउनु पर्ने चेतावनी दिए । अहिले सम्म दलितले जे जति सहेर बसे पनि अब कुनै खालकाे विभेद र अन्याय सहन नसकन्ने  पनि प्यासीले बताए ।

काेण समापन गरि र्‍याली पुनः बाह्र घरे, पुलचाेक हुँदै बजार परिक्रमा गरेर लायन्सचाेकमा पुगि समाप्त भएकाे थियाे । लायन्सचाेककाे र्‍याली समापन कार्यक्रममा बाेल्दै जनता समाजवादीका केन्द्रीय सदस्य तारासिङ विश्वकर्माले जातीय विभेदकाे घटनालाई भवितव्य भनेर बाेल्नेहरू प्रति आक्राेश व्यक्त गरेका थिए । दलितले अब सहेर नबस्ने भन्दै जस्तालाई त्यस्तै गर्नु पर्ने दिन आएकाे बताए । सरकारले दोषीलाई कारबाही गर्ने सुनिश्चित नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने बताएकाे संघर्ष समितिले भाेलि ८ गते साेमबार चितवनका राजनैतिक नेताहरू संग अन्तक्रिया गर्ने जनाएकाे छ । उक्त अन्तक्रिया कार्यक्रम बिहान ११ बजेबाट जिल्ला समन्वय समितिकाे सभाहल भरतपुरमा गर्ने तय भएकाे संयाेजक परियारले जानकारी दिए । साे माेटरसाईकल र्‍यालीमा विभिन्न पार्टीमा आबद्ध दलित नेता,  संघसंस्थाका प्रतिनिधि  र सर्वसाधारण गरि सयाैंकाे सहभागिता रहेकाे थियाे । सहभागिले जातीय विवेद विरूद्ध र भिम ब.काे न्यायका लागि नाराबाजि  सहितकाे प्ले कार्ड छाती र ढाडमा टाँसिएका थिए ।

भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा ‘दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटमा संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

दुर्गाचाेककाे दुर्गा मन्दिर