चितवनमा हुँदैछ प्रथम पुष्प मेला, मौसमी फुल देखि आलंकारीक बोटविरुवा सम्मको प्रदर्शनी हुने,

 फ्लोरिकल्चर एसोसिएसन जिल्ला समिती चितवनले जिल्लामा प्रथम पुष्प मेला आयोजना गर्ने भएको छ ।
पुष्प व्यावसायिक चितवन जिल्लाको आज कात्तिक ५ गतेको नियमिती बैठकले मिति माघ २० देखि २५ गते सम्मचितवन जिल्लामा प्रथम पुष्प मेला आयोजना गर्ने निर्माण गरेको छ ।
जिल्ला अध्यक्ष श्री अमर बहादुर घले ज्युको संयोजकत्वमा २५ जना मुलसमारोह समिती निर्माण गरि पुष्प मेला गर्न लागेकाे बताउनुभयो ।  उक्त मेलामा फुल देखि आलंकारीक बोटविरुवा सम्मको प्रदर्शनी हुने,   पुष्प व्यावसायिक चितवन जिल्ला सचिब दिपेन्द्र बास्तोलाले जानकारी दिनुभएको छ । बास्तोलाले जिल्लाको सम्पुर्ण संघ सस्था,स्थानीय निकाय ,सरोकारवाला व्यावसायिक ,आमनागारिक सबैमा सहयोग र समर्थनको हार्दिक अपिल समेत गर्नुभएको छ ।