स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बाग्लुङको एक युवक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।
त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिए ।