रहेनन् ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता त्रिवेदी

काठमाण्डौ/भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन भएको छ ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणु मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको ८३ वर्षको उमेरमा गए राति निधन भएको हो । उनको उमेरथियो ।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।
यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । ।