नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी।

चितवन/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी भारी मतान्तरले बिजयी भएका छन् । उनले ६४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे ।
महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् ।

यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र बिजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले बिजयी भएका छन् । गुरुङले ५४६ तथा बगालेले ४५६ मत प्राप्त गरेका छन् । त्यस्तै, सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल बिजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।