पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा १ हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरबाट १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ ।

यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।

यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।