चाडपर्व लक्षित बजार अनुगमन आजबाट सुरु

काठमाण्डौ/सरकारले चाडपर्वलाई लक्षित बजार अनुगमन आजबाट गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् ।
असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।