पूर्वि नवलपरासीबाट लागुऔषधसहित ३ जना पक्राउ

नवलपरासी/गैँडाकोटबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीन जनालाई गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट विहान चारबजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का प्रकाश कार्की, भरतपुर महानगरपालिका वडा नं. ९ का २२ वर्षका शुरेश तामाङ, र देवघाट गाउँपालिका वडा नं. ५ का २२ वर्षका मिलन गुरुङ रहेका छन् ।
उनिहरुको साथबाट नुरफिन ५६ थान, फेनारगन ५६ थान र डाईजापाम ६० थान गरि कुल १७२ थान लागु औषध फेला परेको छ।
उनिहरुको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।