करेन्ट लागेर एक जनाको मृत्यु

दाङ/ करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दङ्गीशरण गाउँपालिका–७ बुटनियाकी २२ वर्षीया युवती प्रमिला चौधरी करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।