संविधान दिवसमा जसपाले भाग नलिने

काठमाण्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ ।

नेपालको संविधान २०७२ मा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरेर बताए ।

मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि भोलि आइतवार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने अध्यक्ष यादवले बताउनुभएको छ ।

जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा० ले भने संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने भएको छ ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदैछ ।