काठमाडौँबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जना जुवाडे पक्राउ

काठमाडौँ/प्रहरीले काठमाण्डौको जोरपाटीबाट २० जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान चेक र १०० थान कौडा पनि प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।