राप्ती नगरपालिकामा ९ मा घनले हानेर छिमेकीको हत्या, आरोपीलाई पक्राउ गर्न गएका प्रहरीमाथी समेत आक्रमण।

चितवन/पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवाद हुँदा विवादमा सम्लग्न एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका दशरथ ठकुरीले छिमेकी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति ठकुरीले टाउकोमा घनले हानेर लामाको हत्या गरेका हुन । हत्यामा संगल्न भएको आरोपमा उनका छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच विवाद भएको थियो सोही क्रममा दशरथले लामालाई घन प्रहार गरी ठाँउको ठाँउ ठहरै बनाएका हुन्। आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीले हत्यामा सम्लग्न पक्राउ परेका ठकुरीमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो।

प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरबितर भएका थिए । त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका एसपी अधिकारीले जानकारी दिए। मृतकको शव राति नै प्रहरीले भरतपुर अस्पतालमा पुर्याएको छ । अहिले सो स्थान प्रहरीको नियन्त्रणमा आईसकेको छ।